२३ असार २०८३, मंगलबार

त्रियुगा नगर अस्पताल सञ्चालनमा

असोज ४, २०८१
उदयपुर
त्रियुगा नगर अस्पताल सञ्चालनमा
त्रियुगा नगरपालिका कार्यालय । फाइल तस्वीर ।

त्रियुगा नगर अस्पतालले सेवा सञ्चालन  गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीमा रहेको अस्पतालले सेवा सञ्चालन गरेको हो । 

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बिहीबार अस्पतालको उद्घाटन गरे । अस्पतालले सेवा शुरू गरेसँगै अब नगर क्षेत्रका बिरामीलाई जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । 

त्रियुगा नगरपालिकाले नगर अस्पताल सञ्चालन गरेपछि जिल्ला अस्पतालमा  बिरामीको चाप घट्ने र सेवा सहज बन्ने उनले विश्वास व्यक्त गरे ।
        
अस्पतालमा तीन जना डाक्टर, तीन जना सहयोगी, तीन वरिष्ठ स्वास्थ्य सहायक, दुई स्टाफनर्ससहित १६ जनाले सेवा प्रवाह गर्ने छन् । हाललाई आकष्मिक, प्रसूति, परिवारनियोजन, प्रयोगशाला सेवा उपलब्ध रहेको अस्पतालका प्रशासन अधिकृत उपेन्द्र कार्कीले बताए ।
            
एक लाख ७५ हजार जनसङ्ख्या रहेको त्रियुगा नगरपालिका क्षेत्रमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य समस्या घट्ने अपेक्षा गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्