१८ असार २०८३, बिहीबार

५६ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा ६० वर्षीय पुरुष पक्राउ

असोज ४, २०८१
काठमाडौं
५६ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा ६० वर्षीय पुरुष पक्राउ

५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङ रहेका छन् । उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तेह्रथुमको लालिगुराँस नगरपालिका-१ गैंरी टोल डेरागरी बस्ने तामाङले ती महिलालाई भदौ ३० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको हो।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्