२६ असार २०८३, शुक्रबार
सहकारी अपचलन

विभिन्न प्रश्नमा दीपेश पुनको २३ पटक एउटै जवाफ– यसबारे मलाई जानकारी छैन

असोज ४, २०८१
काठमाडौं
विभिन्न प्रश्नमा दीपेश पुनको २३ पटक एउटै जवाफ– यसबारे मलाई जानकारी छैन

बुटवलको सुप्रिम सहकारी संस्थाका पूर्वसचिवसमेत रहेका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता दीपेश पुनले सहकारी ठगीमा इन्कारी बयान दिएका छन् । उनी सचिव रहेको समयमा सुप्रिम सहकारीबाट गोरखा मिडियामा ३ करोड ३० लाख रुपैयाँ ऋण गएको थियो । 

सहकारी ठगी छानबिन समितिको प्रतिवेदनमा समावेश उनको बयानमा उनले अधिकांश प्रश्नको जवाफ ‘मलाई थाहा छैन’ भनेर दिएका छन् । सहकारीका अध्यक्ष जीबी राईसँग आदिवासी–जनजातिको कार्यक्रममा भेट भएर चिनजान भएको उनले बयानमा भनेका छन् । 

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग समितिले साउन ३२ गते बयान लिएको थियो । दीपेशले आफ्नो जानकारीबिना सचिव राखिएको र पछि आफूले राजीनामा दिएको उनले उल्लेख गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्