०३ साउन २०८३, आइतबार

जीबी राईको 'ट्राभल हिस्ट्री' : ४ पटक दुबई, एकै वर्षमा १६ पटक मलेसिया आउजाउ

असोज ४, २०८१
काठमाडौं
जीबी राईको 'ट्राभल हिस्ट्री' : ४ पटक दुबई, एकै वर्षमा १६ पटक मलेसिया आउजाउ

सहकारी ठगीका मुख्य आरोपी तथा गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) पछिल्लो ४ वर्षमा २५ पटक दुबई र मलेसिया आवतजावत गर्ने गरेको खुलेको छ ।

सन् २०१९ को डिसेम्बर २८ तारिखदेखि २०२३ को २७ को बीचमा उनी कम्तीमा ४ पटक संयुक्त अरब इमिरेट्स पुगेर फर्किएका छन् भने पछिल्लो एक वर्षमा १६ पटक मलेसिया आउजाउ गरेका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनमा पछिल्लो ४ वर्षमा यूएई र मलेसिया मात्र आउने जाने गरेको उल्लेख छ ।​

१६६९८७२७ नम्बरको पासपोर्ट रहेका राई २०१९ को डिसेम्बर २८ तारिखको बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका थिए । कहाँबाट आएको भनी प्रतिवेदनले खुलाएको छैन । 

त्यस्तै सोही दिन राति ८ बजे उनी विमानस्थलबाट गएको उल्लेख छ । कहाँ गए त्यो प्रतिवेदनमा समेटिएको छैन ।

त्यसपछि उनी २०२० को जनवरी ८ तारिखको बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका छन् । त्यसपछि पुनः २०२० को फरवरी ३ तारिखका दिन उनी गएका छन् तर कहाँ भन्ने उल्लेख छैन ।

बाहिर १३ दिन बिताएर उनी पुनः नेपाल आएका छन् ।

प्रतिवेदनमा उल्लेख भएअनुसार त्यसको १० महिनापछि उनी संयुक्त अरब इमिरेट्स गएका छन् । १० दिन बसेर २०२१ को जनवरी ९ तारिखका दिन बिहान १० बजेर २२ मिनेट जाँदा उनी यूएईबाट नेपाल आएका छन् ।

उनको पासपोर्टमा उल्लेख भएअनुसार नेपाल आएको १० महिना अर्थात् २०२१ को नोभेम्बर २ तारिखका दिन उनी पुनः यूएई उडेका छन् र त्यसको ५ दिनपछि अर्थात् ७ नोभेम्बरका दिन नेपाल आएका छन् ।

यसपालि एक वर्षभन्दा धेरै उनी नेपाल नै बसेको देखिन्छ । तर त्यसपछि उनी मलेसियाको यात्रा तिर निस्केका छन् ।

२०२३ को जनवरी १ तारिख साँझ ७ बजे उनी मलेसिया उडे । १० तारिखमा फर्के । १७ तारिखमा पुनः मलेसिया गए भने त्यहाँ दश दिन बिताएर उनी २७ तारिख बिहान पौने ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झुल्किए ।

फेरि फरवरी ११ अर्थात् १३ दिनमै उनी मलेसिया हिँडे र २३ मा फर्किए । त्यसको एक महिनापछि अर्थात् मार्च २० मा उनी मलेसिया उडे ।

प्रतिवेदनअनुसार उनी १३ दिनपछि अर्थात् अप्रिल ३ मा नेपाल आए १६ दिनपछि पुनः मलेसिया उडेको उनको ट्राभल हिस्ट्रीले देखाउँछ ।

त्यहाँ १ महिना बिताएर मे १९ मा उनी नेपाल फर्किन्छन् । पुनः मे ३१ मा मलेसिया उड्छन् । २०२३ कै जुन १२ मा उनी नेपाल आएर एक महिनापछि अर्थात् जुलाई १३ का दिन पुनः मलेसिया उडेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै जुलाई १७ मा नेपाल आएका उनी २७ मै मलेसिया उड्छन् । २०२३ मै अगस्त २७ गते नेपाल आएपछि उनको उडान इतिहास सकिन्छ ।

त्यसपछि भारत हुँदै पुनः मलेसिया पुगेको चर्चा चल्ने गरेको छ ।

nullnullnull

salt training

कमेन्ट गर्नुहोस्