०८ असार २०८३, सोमबार

संयुक्त अभ्यासका लागि नेपाली सेनाको टोली चीन प्रस्थान

असोज ४, २०८१
काठमाडौं
संयुक्त अभ्यासका लागि नेपाली सेनाको टोली चीन प्रस्थान

नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच यही असोज ५ देखि १५ गतेसम्म ‘सगरमाथा फ्रेन्डसिप अभ्यास' हुने भएको छ ।

उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनलगायत कार्यमा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा विभिन्न देशका सेनासँग यस्ता अभ्यास र पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।​

विक्रम संवत् २०७४ देखि शुरू भएको उक्त अभ्यासअन्तर्गत यो चौथो सँस्करण चीनको चोङ्क्वीङमा हुनेछ ।

उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन, प्रतिआतङ्कबादलगायत विषयमा ज्ञान आदानप्रदान हुने सेनाले स्पष्ट गरेको छ ।

नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालोमा सञ्चालन हुँदै आएको उक्त अभ्यास कोभिड–१९ को महामारीपछि केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको निर्देशनालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्