२० असार २०८३, शनिबार

प्रधानसेनापति सिग्देल र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

असोज ४, २०८१
काठमाडौं
प्रधानसेनापति सिग्देल र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । 

सैनिक मुख्यालय जङ्गीअड्डामा उनीहरूबीच आज भएको भेटमा द्वीपक्षीय हित एवं पारस्परिक सम्बन्धका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ  ।

यस किसिमका भेटले दुई देशबीच रहिआएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाको छ ।

salt training

कमेन्ट गर्नुहोस्