
अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन् । ‘यश्विज टिम’ ले एक कार्यक्रमको आयोजना गरी ग्याब्रीएलले आफ्नो टिमबाट खेल्नेबारे सार्वजनिक गरेको हो ।
नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ को केही दिन अघि मात्र कर्णालीमा ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ सम्पन्न गरिएको थियो । ट्रफि अनावरणपछि यश्विजले ग्याब्रीएलबारे घोषणा गरेको हो ।
रमेश कर्पोरेसनले हेर्दै आईरहेको ‘कर्णाली यश्विज’ बाट खेल्न लागेकी ग्याब्रीएल अमेरिकाको घरेलु लिगमा परिचित अनुहार हुन् । उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुन् । उनले राष्ट्रिय तहको थुप्रै खेलहरु खेलिसकेकी छिन् ।
खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ सुरु भएको ‘कर्णाली यश्विज’ टिममा आफु जोडिन पाउँदा खुसी लागेको बताएकी छिन । नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न पाउँदा आफुलाई गर्वान्वित महशुस भएको बताइन् ।
‘एभरेष्ट वुमन भलिबल लिग’ यहीँ असोज १४ देखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुँदैछ ।