
श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो ।
त्यसबेला श्रीलंकामा ठूलो विरोध प्रदर्शन भएको थियो । त्यसपछि तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षेले देश छोड्नु परेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुपरेको थियो ।
त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बनेका थिए ।
आज हुन लागेको निर्वाचनलाई मुलुकमा आर्थिक सुधारका रूपमा हेरिएको छ । करवृद्धि, अनुदानमा कटौती र कल्याणकारी योजनाका कारण देशका धेरै जनता अझै पनि समस्यामा छन् ।