
हरेक देशका लागि सुनको भण्डारण अति आवश्यक छ । धेरै देशहरूले आफ्नो केन्द्रीय बैंकहरूमा सुनको भण्डारणलाई ठूलो महत्त्व दिइरहेका छन् ।
सुनको रिजर्भ भनेको सरकार वा सरकारी बैंकमा जम्मा गरिएको सुन हो । सुनको रिजर्भले देशको अर्थतन्त्र कति बलियो छ भनेर पनि बताउँछ ।
वल्र्ड गोल्ड काउन्सिलको प्रतिवेदनअनुसार सबैभन्दा धेरै सुन राख्ने देशको सूचीमा अमेरिका शीर्ष स्थानमा छ । अमेरिकामा ८ हजार १३३.४६ टन सुनको भण्डार छ ।
यो सूचीमा जर्मनी दोस्रो स्थानमा छ । तेस्रोमा इटाली, चौथोमा फ्रान्स र पाँचौंमा रुस रहेका छन् । भारत आठौं नम्बरमा छ । भारतसँग लगभग ८४१ टन रिजर्भ सुन छ।