२६ असार २०८३, शुक्रबार

गण्डकी प्रदेश जिम्न्याष्टिक सङ्घको अध्यक्षमा गुरुङ

असोज ५, २०८१
कास्की
गण्डकी प्रदेश जिम्न्याष्टिक सङ्घको अध्यक्षमा गुरुङ

गण्डकी प्रदेश जिम्न्याष्टिक सङ्घको प्रथम अधिवेशनले योगेन्द्र गुरुङको अध्यक्षतामा  नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

 समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ र सहकोषाध्यक्षमा सीता काफ्ले रेग्मी छन् । 

समितिका सदस्यहरूमा थमन थापा, मनिष श्रेष्ठ, विनोद गुरुङ, रवीन्द्र तझ्या, विक्रम केसी, निरु भट्टराई, समीक्षा बुढाथोकी, विशाल पुन र दिलीप गुरुङ रहेका छन् । 

त्यस्तै, कास्की जिल्ला जिम्न्याष्टिक सङ्घको विशेष साधारणसभाले सोमबहादुर साईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्षमा एनशोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा सुवर्णराज पन्त र सहकोषाध्यक्षमा सरस्वती साई रहेका छन् । 
समितिका सदस्यहरूमा रोशन पुन, सेजल जोजिजु, मीनबहादुर थापा, अंशु शेर्पा, दीपेश राना, रामबहादुर क्षेत्री, कमला गुरुङ र बालकुमारी गुरुङ चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक एवम् गण्डकी प्रदेश जिम्न्याष्टिक सङ्घका सल्लाहकार केशवशरण पौडेल, गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठक र जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य राजन वड्गामीले सदस्यहरूलाई शपथ खुवाए । 

salt training

कमेन्ट गर्नुहोस्