०५ साउन २०८३, मंगलबार

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

असोज ५, २०८१
लमजुङ
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था गरिएका शिक्षा, स्वाथ्यजस्ता मौलिक अधिकार कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको लमजुङ अस्पतालमा स्थापना गरिएको सघन कक्षको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले जनताको अधिकार सुनिश्चित गर्न सरकार निरन्तर लागिपर्ने विश्वास दिलाए । 

“संविधानमा व्यवस्था गरिएका मौलिक हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लागेको छ,” सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, “जिल्ला अस्पतालदेखि पालिका अस्पतालसम्म दक्ष चिकित्सक उपलब्ध गराउन सरकारले पहल गर्छ, त्यसका लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्छ ।”  

जिल्ला अस्पतालका लागि आवश्यक पर्ने सबै सुविधा उपलब्ध गराउन आफूले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री गुरुङले पर्याप्त सुविधा उपलब्ध गराएर भए पनि दक्ष जनशक्तिलाई जिल्लामै राखिने विश्वास दिलाए। 

संविधानसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य जमिन्द्रमान घले, जिल्ला समन्वय समिति लमजुङको प्रमुख पूर्णबहादुर गुरुङ, बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल लगायतले बिरामीलाई थप सेवा सुविधा उपलब्ध गराएर अस्पताल जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिए । 

लमजुङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङले नयाँ भवन नहुँदासम्म विभिन्न समस्या आइरहने बताउँदै नयाँ भवन निर्माणका लागि आवश्यक सहयोग गर्न आग्रह गरे । 

हाल ५० शय्याको अस्पताल रहे पनि ८५ शय्याको सेवा दिँदै आएको छ । केही वर्षदेखि यो अस्पताल गण्डकी सरकारको मातहतमा रहँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्