२६ असार २०८३, शुक्रबार

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि पुलिसले जित्यो

असोज ५, २०८१
काठमाडौं
काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि पुलिसले जित्यो

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि  नेपाल पुलिस क्लबले जितेको छ । 

माल्दिभ्सको मालेमा सम्पन्न प्रतियोगिताको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालको विभागीय टोली पुलिसले उपाधि जितेको हो। 

पहिलो सेट २५–१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले खेल आफ्ना पक्षमा पारेको थियो । 
नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्