२० असार २०८३, शनिबार

ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ

असोज ६, २०८१
विराटनगर
ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ

मोरङमा ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् ।

पथरी शनिश्चरे नगरपालिका- ७ मायालु चोक बस्ने चन्द्रबहादुर तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै ज्वाइँ रवीन्द्र राईलाई नियन्त्रणमा लिएको हो ।

रवीन्द्र चन्द्रबहादुरका आफ्नै ज्वाइँ हुन् ।

धनकुटाको मूलघाटबाट राईलाई पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । 

ज्वाइँ-ससुरा एकै घरमा बस्ने गरेका थिए । चन्द्रबहादुरको हत्या भएपछि ज्वाइँ रवीन्द्र फरार थिए ।

घरेलु हतियारले घाँटी रेटिएको अवस्थामा शव भेटिएको थियो ।

घरको प्यासेजमा लडेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ज्वाइँ रवीन्द्र सुत्ने गरेको कोठाबाट प्रहरीले रगत लतपतिएका कपडाहरू बरामद गरेको थियो ।

प्रहरीका अनुसार चन्द्रबहादुरकी श्रीमती वैदेशिक रोजगारीका लागि देश बाहिर छिन् ।

अहिले चन्द्रबहादुरको शव बीपी कोइराला स्वास्थ्य विज्ञान  प्रतिष्ठान धरानमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्