२६ असार २०८३, शुक्रबार

बैतडी केन्द्रविन्दु भएर भूकम्प

असोज ६, २०८१
काठमाडौं
बैतडी केन्द्रविन्दु भएर भूकम्प

बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।

नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्