
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई आइतबार दिउँसो भक्तपुरबाट पक्राउ गरेको हो ।
प्रसाईंलाई साइबर ब्यूरोले प्रहरी वृत्त ठिमीको सहयोगमा घर भित्रैबाट नियन्त्रणमा लिएको हो ।
ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्यालका अनुसार प्रसाईंलाई पक्राउ गरेर ब्यूरोमा ल्याइँदै छ ।
गेट खोल्न नमानेपछि प्रहरी जवरजस्ती घर भित्र प्रवेश गरेर प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।
एक महिलाले ब्यूरोमा प्रसाईंविरुद्ध उजुरी दिएपछि पक्राउ पुर्जी जारी भएको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।