२३ असार २०८३, मंगलबार

दुर्गा प्रसाईंलाई म्याद थप्न अदालत लगिँदै

असोज ६, २०८१
काठमाडौं
दुर्गा प्रसाईंलाई म्याद थप्न अदालत लगिँदै

विद्युतीय अपराध सजाय ऐन अन्तर्गत कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आजै जिल्ला अदालतमा म्याद थप्ने तयारी प्रहरीले गरेको छ ।

साइबर ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नविन्द अर्यालका अनुसार प्रसाईंको मेडिकल जाँचपश्चात आजै अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी गरिएको हो ।

उनले लोकान्तरसँग भने, ‘प्रसाईंलाई कार्यालय ल्याइसकेका छौं । मेडिकल जाँच गराएर म्याद थपका लागि अदालत लैजान्छौं ।’

प्रसाईंविरुद्ध गत बुधबार नै पक्राउ पुर्जी जारी भए पनि प्रहरीले आज मात्रै पक्राउ गरेको हो ।

अदालतले प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्