०४ साउन २०८३, सोमबार
सहकारी ठगी प्रकरण

पक्राउ पर्ने संकेत पाएपछि लामिछानेको आक्रोश– सरकार अधिनायकवादी बाटोमा जाँदैछ

असोज ६, २०८१
काठमाडौं
पक्राउ पर्ने संकेत पाएपछि लामिछानेको आक्रोश– सरकार अधिनायकवादी बाटोमा जाँदैछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादको बाटोमा लागेको आरोप लगाएका छन् । आइतबार राति पार्टी कार्यालयमा भेला भएका समर्थकलाई सम्बोधन गर्दै उनले आफूलाई पक्राउ गर्ने तयारीमा सरकार लागेको आरोप लगाएका हुन् । 

‘मैले बुझे अनुसार कुनै पनि त्यस्तो तयारी गरेको छैन, पक्राउ पुर्जी जारी गरिएको छैन भनिएको छ । तर सरकारको विश्वास गर्ने अवस्थामा तयार छैनौँ,’ लामिछानेले भने । सहकारी ठगीमा गोरखा मिडियाका सञ्चालक छविलाल जोशी पक्राउ परेपछि प्रहरीले लामिछानेलाई निगरारीमा राखेको छ ।  

सहकारी छानबिन सम्बन्धी संसदीय समितिले गोरखा मिडियामा आएको सकारीका रकम हिनामिनामा लामिछाने संलग्न रहेको निष्कर्षसहित कारबाही सिफारिस गरेको थियो । सरकारले समितिको सो प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ । 

लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाए । ‘पञ्चायतमा यस्तो भएको सुनेका छौँ, यो के गर्न खोजेको ? अनुसन्धानको कुन कसीमा उभिनु पर्छ तयार छौँ । लैजानुस म तयार छु, म छानबिनका लागि तयार छु’ उनले भने, ‘सरकार अधिनायकवाद जाँदैछ कि भन्ने सङ्केत देखिएको छ ।’

लामिछानेले सहकारीको रकम हिनामिनामा समितिले आफ्नो संलग्नता नभेटेको दाबी गरे। रविलाई पक्रिने तयारी भएको भन्दै रास्वपा कार्यकर्ता पार्टी कार्यालयमा भेला भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्