०८ साउन २०८३, शुक्रबार

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

असोज ७, २०८१
काठमाडौं
तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने छ । 

देशको पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

आज राति भने कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्