
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान खुमलटारमै पुगेर मिश्रले प्रचण्डलाई भेटेका हुन् ।
भेटमा आफूले 'देश विस्फोटनको अवस्थातिर उन्मुख रहेको भन्दै अब राजसंस्था पुनर्स्थापित नगर्ने हो भने तपाईंहरूको अग्रगमन बाँकी नरहने' प्रचण्डलाई सुनाएको मिश्रले बताएका छन् ।
आफ्नो कुरा सुनेपछि प्रचण्डले लामो व्याख्या गरेको उनले उल्लेख गरेका छन् ।
जवाफमा प्रचण्डले पनि अहिलेकै स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा आफू पुगेको सुनाएको उनले दाबी गरेका छन् ।
'यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म(प्रचण्ड) पनि पुगिसकेँ। म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ,' प्रचण्डको भनाइ उद्धृत गर्दै मिश्रले लेखेका छन्, 'निरन्तरतामा क्रमभंगता' अत्यावश्यक भइसक्यो ।'
यस्तो छ उनको स्टाटस