
आफ्नै बुवालाई कुटपिटगरी हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
६५ वर्षीय बुवा भालेश्वर यादवलाई कुटपिटगरी हत्या गरेको अभियोगमा सिराहाको औरही गाउँपालिका-३ खजनपुर टोल बस्ने ३८ वर्षीय शैलेन्द्र कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
शैलेन्द्र र उनकै श्रीमती ३५ वर्षीया रेणु कुमारी यादवले घरायसी विवादमा कुटपिट गर्दा भालेश्वर घाइते भएका थिए ।
कुटपिटबाट घाइते भएका भालेश्वरको नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।