
सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार गरेको छ ।
आफूलाई थुनामुक्त गर्न माग गर्दै प्रसाईंले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले मंगलबार कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटमा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेसँगै प्रहरीले प्रसाईंलाई हिरासतमै राखेर मुद्दाको अनुसन्धान गर्न पाउने भएको छ ।
प्रसाईंविरुद्ध एक महिलाले विद्युतीय कारोबार कसुरअन्तर्गतको उजुरी दिएपछि साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो ।