२३ जेठ २०८३, शनिबार

२५ सयबाट ओरालो लाग्यो नेप्से

असोज ८, २०८१
काठमाडौं
२५ सयबाट ओरालो लाग्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले घटेको छ ।

मङ्गलबार नेप्से ५८.९३ अङ्कले घटेर २४७०.३९ को विन्दुमा कायम भएको हो ।

यस दिन बजारमा १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन सोमबार मात्रै परिसूचक ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा अडिएको थियो ।

यस दिन बजारमा १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँको कारोबार भएको थियो । 

मङ्गलबार हिमालयन हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ ।

हिमालयन हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारका आधामा एनएलजी इन्स्योरेन्स १८ करोड ४१ लाख ७६ हजार रुपैयाँको साथ शीर्ष स्थानमा रहको छ ।

त्यस्तै, आज १३ वटै उपसमूहको शेयर घटेको छ । 

salt training

कमेन्ट गर्नुहोस्