२२ जेठ २०८३, शुक्रबार

घुस लिएको आरोप लगाउँदै विप्लवका कार्यकर्ताले लिए वडाध्यक्षलाई नियन्त्रणमा

असोज ८, २०८१
विराटनगर
घुस लिएको आरोप लगाउँदै विप्लवका कार्यकर्ताले लिए वडाध्यक्षलाई नियन्त्रणमा

जग्गाको सिफारिस गर्दा घुस लिएको आरोप लगाउँदै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले वडाध्यक्षलाई नियन्त्रणमा लिएका छन् ।  

उनीहरूले ८० हजार रुपैयाँ नगदसहित झापाको बुद्ध शान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली 'गोपाल'लाई मंगलवार नियन्त्रणमा लिएका हुन् । 

अम्बरनाथ चुहानसँग वडाध्यक्ष ओलीले घुसबापत पैसा लिएकाले आफूहरूले नियन्त्रणमा लिएको नेकपा झापाका न्याय विभाग प्रमुख अर्जुन ‘सी’ पाण्डेले बताए । 

‘अम्बरनाथ भारतको सिलगुडीमा बस्ने भएकाले उहाँले गाउँका पण्डित चतुर्भुज घिमिरेको नाममा २३ लाख रुपैयाँमा जग्गा किन्नु भएको रहेछ,’ अर्जुनले भने, ‘उहाँहरूबीच लेनदेनमा कुरा नमिलेपछि वडामा कुरा पुगेको थियो । यसपछि मिलाउनका लागि भन्दै वडाध्यक्षले डेढ लाख भारतीय रुपैयाँ माग्नुभएको रहेछ ।’ वाट्सएपमा पटक–पटक घुस मागेपछि आफूहरूले पैसा ठीक पारेर बोलाइ नियन्त्रणमा लिइएको अर्जुनले बताए । बिर्तामोडको हनुमान कम्प्लेक्समा बोलाएर उनीहरूले नियन्त्रणमा लिएका हुन् । 

भारतमै बसोबास गर्ने भएकाले अम्बरनाथसँग नेपाली नागरिकता थिएन । त्यसैले उनले चतुर्भुजको नाममा जग्गा किनेको पाइएकाे अर्जुनले बताए ।

नेकपाका कार्यकर्ताले वडाध्यक्ष ओलीलाई उनीहरूले इलाका प्रहरी कार्यालय, अनारमनिमा लगेर बुझाएका छन् । उनलाई इलाका प्रहरी कार्यालयमा राखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीमा खबर गरेको नेकपाका झापा सचिव सञ्जय ‘सी’ले बताए ।

झापा प्रहरीले भने वडाध्यक्षलाई नियन्त्रणमा लिएको विषय नेपाल प्रहरीको क्षेत्र नभएको जनाएको छ । ‘हामीले सबै भन्ने कुरा पनि भएन,’ जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले भने । 


 

salt training

कमेन्ट गर्नुहोस्