
मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा सञ्चार सुविधा विस्तारका लागि सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले मङ्गलबारदेखि सञ्चालनमा ल्याएको बिटिएस टावर । समुन्द्री सतहदेखि चार हजार ७०० मिटर उचाईमा रहेको कोरला नाकामा बिटिएस टावर सञ्चालन भएसँगै मोबाइल फोन र इन्टरनेट सेवा पुगेको छ । तस्बिरः रासस