
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई अस्पताल नलगेर हिरासतमै राखिएको भन्दै विरोध गरेका छन् ।
उनले अब आफूलाई राखिएको सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनसन बस्ने बताएका छन् । प्रसाईं क्यान्सरको बिरामी भएको तर प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेकाले अनसन सुरु गर्न लागेको उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए ।
यसअघि वीर अस्पतालले डिस्चार्ज गरिदिएपछि प्रहरीले मंगलबार सरकारी वकिल कार्यालयमा उनलाई बयानका लागि लगेको थियो । त्यहाँ बयान भएपछि प्रहरीले अस्पताल नलगेर हिरासतमा राखेका हो । प्रहरीले उनलाई वीर अस्पतालले डिस्चार्ज गरिदिएकाले हिरासतमै राखेको जनाएको छ ।