२७ जेठ २०८३, बुधबार

मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति- मनगढन्ते कुरा गर्नु राजनैतिक संस्कार होइन

असोज ९, २०८१
काठमाडौं
मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति- मनगढन्ते कुरा गर्नु राजनैतिक संस्कार होइन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले गरेको टिप्पणीको खण्डन गरेको छ । 

अध्यक्ष प्रचण्डसँग भएको भेटको सन्दर्भलाई लिएर मिश्रले गरेको टिप्पणीमा कुनै सत्यता नभएको अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले बताए ।

मिश्रले मनगढन्ते धारणा सार्वजनिक गरेको मल्लको दाबी छ । ‘हिजो बिहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत् श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ,' मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनुभएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’

पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भनेका छन्– ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’

यो पनि

रविन्द्र मिश्रसँगको भेटमा प्रचण्डले भने- अर्को निरन्तरतामा क्रमभंगता अत्यावश्यक भइसक्यो

अर्को पनि

प्रचण्ड र रवीन्द्रबीचको कुराकानीप्रति बाबुरामको टिप्पणी- अहिले बिरालो म्याँउ गरेकै हो !

salt training

कमेन्ट गर्नुहोस्