२७ जेठ २०८३, बुधबार

मोटरबोट चलेपछि बढ्यो स्थानीयको आम्दानी

असोज ९, २०८१
दाङ
मोटरबोट चलेपछि बढ्यो स्थानीयको आम्दानी

दाङको घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ । बोटिङ गर्न आउनेले स्थानीय उत्पादन उत्पादन प्रयोग गरेपछि स्थानीयको आम्दानी बढेको हो । 

४० वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गरेका छन् । उनको फर्मलाई आवश्यक पर्ने दानालगायत सामग्री आपूर्तिबाट पनि स्थानीयको आम्दानी बढोत्तरीमा टेवा पुगेको छ । 

सार्वजनिक बिदा र शनिबार बढी आन्तरिक पर्यटक आउने गरेको उनले बताए । व्यवसायबाट आफूले मासिक एक लाख ५० आम्दानी गर्दै आएको उद्यमी ओलीले बताए ।

'मेरो व्यवसायमा स्थानीय दुई जनालाई रोजगारी दिएको छु भने घरका पाँच जनाले पनि काम गर्दै आएका छौं,' उनले भने । 

बोटिङ गर्न आउनेसँग प्रतिव्यक्ति एक सय शुल्क लिने गरेको जानकारी दिँदै उनले यसमा हालसम्म एक करोड १० लाख लगानी गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्