
एनसेल फाउन्डेसनले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोड नगरपालिका-५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको सञ्चालन गरेको छ ।
नेपाल क्यान्सर फाउन्डेसन र पुर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले शिविर आयोजना गरेको हो ।
गत साता भएको निःशुल्क शिविरमा १२० जना बढी स्थानीय महिलाहरूको सहभागिता थियो ।
त्यसमध्ये ९० भन्दा बढीले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएको एनसेलले जनाएको छ ।
पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पहिलो स्थानमा पर्दछ । सन् २०२२ मा मात्रै २,१६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाइएको थियो ।

एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनको घोषणा गरेको थियो । फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरू गर्ने योजना बनाएको एनसेलले जनाएको छ ।