२२ असार २०८३, सोमबार

गाउँ फर्कनेलाई पालिकाले ६ महिना खाद्यान्नसहित एक लाख अनुदान दिने

असोज ९, २०८१
पर्वत
गाउँ फर्कनेलाई पालिकाले ६ महिना खाद्यान्नसहित एक लाख अनुदान दिने

पर्वतको महाशिला गाउँपालिकाले आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा  एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्न खर्च प्रदान गर्ने भएको छ ।

गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले फर्किएर आउनेलाई अनुदान दिने योजना ल्याएको हो । 

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै यो कार्यक्रम लागु गरेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले बताए । 

गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले परिवारका सदस्यहरूको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उनले बताए ।

अध्यक्ष भुसालका अनुसार एक वर्षमा पालिकाबाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्