०४ असार २०८३, बिहीबार

बुवाको हत्या आरोपमा छोरा पक्राउ

असोज ९, २०८१
सिरहा
बुवाको हत्या आरोपमा छोरा पक्राउ

सिरहामा आफ्ना बुवाको हत्या आरोपमा औरही गाउँपालिका– ३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।​

६५ वर्षीय बुवा भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेनुकुमारी यादवले घरायसी विवादका क्रममा बुवामाथि निर्घात कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

गम्भीर घाइते उनको उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्