
इंग्लिस फूटबल क्लब म्याचेस्टर सिटीले आफ्ना फरवार्ड अर्लिङ हालान्डलाई क्रिकेटरको रुपमा प्रस्तुत गरेको छ । हालान्डले क्लबबाट खेलेर १०० गोल कटाएको उपलक्ष्यमा सिटीले हालान्डले सामाजिक सञ्जालमा क्रिकेटर बनाएको हो ।
सिटीले शतक हानेर क्रिकेट ब्याट र हेल्मेट उठाइरहेको स्केच आफ्नो फेसबूक पेजमा राखेको छ । जहाँ उनलाई अन्य सहकर्मी खेलाडीले ताली बजाएर साथ दिइरहेको देख्न सकिन्छ । स्केचमा हालान्डले सिटीको लोगो भएको क्रिकेट जर्सी र किट लगाएका छन् ।

सिटीको यो कामलाई क्रिकेटप्रेमी अधिकांश दर्शकले मन पराएका छन् । मन पराउनेमा नेपालसँगै दक्षिण एसियाली देशका समर्थक बढी छन् ।
हालान्डले प्रिमियर लिगको खेलमा आर्सनलको पोस्टमा जाली चुमाउँदै सिटीका लागि १०० गोल पूरा गरेका हुन् । यसका लागि उनले १०५ खेल खेलेका छन् ।
यस क्रममा नर्वेजियन स्ट्राइकर हालान्डले च्याम्पियन्स लिगसँगै थुप्रै उपाधि जितिसकेका छन् ।