२८ जेठ २०८३, बिहीबार

विराटनगरको इलेक्ट्रिक साइकल शोरुममा आगलागी

असोज ९, २०८१
विराटनगर
विराटनगरको इलेक्ट्रिक साइकल शोरुममा आगलागी

विराटनगर महानगरपालिका- २ स्थित मुनालपथमा इलेक्ट्रिक साइकल शोरुममा आगलागी भएको छ।

भव्य इन्टरनेशनलले सञ्चालन गरेको शोरुममा बुधबार दिउँसो आगलागी हुँदा अधिकांश साइकलहरू जलेका छन् ।

आगो नियन्त्रण बाहिर रहेको र नियन्त्रणमा लिन प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

आगलागी भएको स्थानमा अहिलेसम्म पनि दमकल पुग्न सकेको छैन ।

दमकल नआउँदा आगो नियन्त्रणमा समस्या भएको स्थानीयले बताएका छन् ।

आगो नजिकका अन्य पसलहरूमा समेत फैलिने जोखिम सम्भावना रहेको छ  ।

छेउमा बजाज मोटरसाइकलको शोरुम समेत रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्