२३ जेठ २०८३, शनिबार

चट्याङ लागेर वृद्धको मृत्यु

असोज ९, २०८१
बाजुरा
चट्याङ लागेर वृद्धको मृत्यु

चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन् ।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेका प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्