०५ साउन २०८३, मंगलबार

सौर्य ऊर्जा र जलविद्युत् विकासका लागि ​एनएमबि बैंकले गर्‍यो दुई महत्त्वपूर्ण सम्झौता

असोज ९, २०८१
काठमाडौं
सौर्य ऊर्जा र जलविद्युत् विकासका लागि ​एनएमबि बैंकले गर्‍यो दुई महत्त्वपूर्ण सम्झौता

एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षाअनुसार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।​

दिगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासका लागि प्राविधिक सहयोग तथा सल्लाह भित्र्याउने उद्देश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एन्ड डेभलपमेन्टसँग गरिएको बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत् दिगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने भएको छ ।

उक्त परियोजनामा एनएमबि बैंकले आफ्ना सौर्य उर्जासगँ आबद्ध ग्राहकहरूलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र परियोजनाबाट उत्पादित उर्जा कृषि तथा अन्य क्षेत्रमा दिगो रूपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले जलविद्युत परियोजनाहरूका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सद्वारा आयोजित अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्वतन्त्र दिगोपन मूल्याङ्कनहरू कार्यान्वयन गरी जिम्मेवार बैंक बन्ने अभिप्रायका साथ अघि बढाएको छ ।

बैंकले निकट भविष्यमा आफूले लगानी गरेका जलविद्युत् परियोजनाहरूको लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेसन प्राप्त गर्ने लक्ष्य राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्