परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन्।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकामा रहेकी राणाले राष्ट्रपति पेड्रो सान्चेसँग भेटवार्ता गरेकी हुन् ।
भेटमा उनीहरूबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो ।
नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।