२२ असार २०८३, सोमबार

विमानस्थल आसपासमा चङ्गा, ड्रोन वा बेलुन उडाए कारबाही गरिने [सूचनासहित]

असोज १०, २०८१
काठमाडौं
विमानस्थल आसपासमा चङ्गा, ड्रोन वा बेलुन उडाए कारबाही गरिने [सूचनासहित]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ । 

विमानस्थलअन्तर्गतको नागरिक उड्डयन कार्यालयले सूचना जारीगरी चङ्गा, ड्रोन वा बेलुन नउडाउन आग्रह गरेको हो । 

ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध छ ।

चंगा उडाउँदा हवाई सुरक्षामा गम्भीर असर पुग्नसक्ने सूचनामा उल्लेख छ । 

सूचनाको अवज्ञा गरेर विमानस्थल क्षेत्रमा चङ्गा, बेलुन वा ड्रोन उडाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने कार्यालयले चेतावनी दिएको छ । 

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्