
अमेरिकाको टेक्ससमा नेपाल सरकारको कन्सुलर कार्यालय स्थापनाका लागि नेपाली समाज टेक्सस (एनएसटी)का पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाको ध्यानाकर्षण गराएका छन् ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोकर्मा रहेका प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणालाई भेटेर उनीहरूले टेक्ससमा कन्सुलर कार्यालय खोल्न आग्रह गरेका हुन् ।
भेटमा प्रधानमन्त्री ओलीले टेक्ससमा कन्सुलर अफिस स्थापनाको लागि आफू सकारात्मक रहेको बताए । ‘तपाईहरू पहिलेदेखि प्रक्रियागत रूपमा आउनुभएको भए राम्रो हुने थियो। टेक्ससको सबै बस्तुस्थिति थाहा भयो। यस विषयमा म सकारात्मक छु,’ भेटमा प्रधानमन्त्री ओलीले भने।

नेपाली समाज टेक्ससका प्रवक्त्ता किरण पौड्यालको नेतृत्वमा टोलीले प्रधानमन्त्री ओली तथा परराष्ट्रमन्त्री राणासँग भेट गरेको थियो ।