२४ असार २०८३, बुधबार

अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि, दुई हजार बढी प्रतिनिधि सहभागी हुने

असोज १०, २०८१
काठमाडौं
अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि, दुई हजार बढी प्रतिनिधि सहभागी हुने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन  (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरू हुँदै छ । 

क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चारदिनसम्म सञ्चालन हुने सम्मेलनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । 

सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ । 

नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुने अध्यक्ष सिंहले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्