२७ असार २०८३, शनिबार

प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता

असोज १०, २०८१
काठमाडौं
प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार युनुसबीच  बिहीबार बिहान भेटवार्ता भएको हो । 

भेटमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्