२५ असार २०८३, बिहीबार

‘एलडीसी’लाई दिने सहयोग बढाउन जी–२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्री राणाको आग्रह

असोज १०, २०८१
काठमाडौं
‘एलडीसी’लाई दिने सहयोग बढाउन जी–२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी)का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरूलाई आग्रह गरेकी छिन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी जी‐ २० का विदेशमन्त्रीहरूको बुधबारको बैठकमा उनले अल्पविकसित देशहरूलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।

पछिल्लो समय विश्वका अतिकम विकसित देशहरू विविध समस्याबाट पिरोलिएका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री राणाले कोभिड- १९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनैतिक तनावका कारण ती देश पीडित भएका बताएकी उनको निजी सचिवालयले जनाएको छ ।

'पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरू चरम गरिबीतर्फ धकेलिएका छन् । एलडीसीहरूमा समावेशी आर्थिक वृद्धि, दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्य सुरक्षालाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन, ‘डिजिटल डिभाइड’कम गर्न र हामीले सामना गरिरहेका बहुआयामिक समस्या घटाउन जी‐ २० को सहयोग महत्त्वपूर्ण हुनेछ,'  परराष्ट्रमन्त्रीलाई उद्धृत गर्दै उनको निजी सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्