२५ जेठ २०८३, सोमबार

सरुवा भएको दुई सातासम्म पनि यातायातका सूचना प्रविधि निर्देशक रेग्मीले रवाना बुझ्न मानेनन्

असोज १०, २०८१
काठमाडौं
सरुवा भएको दुई सातासम्म पनि यातायातका सूचना प्रविधि निर्देशक रेग्मीले रवाना बुझ्न मानेनन्

यातायात व्यवस्था विभागका सूचना प्रविधि निर्देशक मुकेश रेग्मीले सरुवा भएको दुई साता हुन लाग्दा पनि रवाना बुझ्न मानेका छैनन् । 

गत भदौ २७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशक रेग्मीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको थियो । 

तर, उनले रवाना बुझेर सरुवा भएको ठाउँमा जानुको साटो विभागमै बसेर चलखेल गरिरहेको विभागका कर्मचारीहरू बताउँछन् । 

विभागका महानिर्देशक उद्धव रिजाल भने सरुवा भएको ठाउँमा हाजिर भइसकेका छन् । रिजालको ठाउँमा सरुवा भएर आएका महानिर्देशक राजीव पोखरेलले कार्यभारसमेत सम्हालिसकेका छन् ।

तर, उपसचिव रेग्मीले भने रवाना नै बुझ्न नमानेको कर्मचारीहरू बताउँछन् ।

null

salt training

कमेन्ट गर्नुहोस्