२२ जेठ २०८३, शुक्रबार

विदेशी मुद्रा सञ्चिति करिब २१ खर्ब, साढे १३ महिनाको आयात धान्न पर्याप्त

असोज १०, २०८१
काठमाडौं
विदेशी मुद्रा सञ्चिति करिब २१ खर्ब, साढे १३ महिनाको आयात धान्न पर्याप्त

नेपालको विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब पुगेको छ ।

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा देशको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेर २० खर्ब ९२ अर्ब पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’को तथ्याङ्कले कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा १८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति ८.४ प्रतिशतले वृद्धि भई २ खर्ब ८ अर्ब ७९ करोड पुगेको छ । 

चालू आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्