०७ साउन २०८३, बिहीबार

८० हजार घुस लिएको आरोप लागेका वडाध्यक्ष निलम्बित

असोज १०, २०८१
विराटनगर
८० हजार घुस लिएको आरोप लागेका वडाध्यक्ष निलम्बित

सेवाग्राहीसँग घुस लिएको आरोप लागेका झापाको बुद्ध शान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बनमा परेका छन् । ८० हजार रुपैयाँ घुस लिइएको अवस्थामा उनी मंगलवार पक्राउ परेका थिए । 

वडाध्यक्ष ओलीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले घुससहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय, अनारमनिमा लगेर बुझाएका थिए ।

त्यसपछि अख्तियार अनुसन्धान दुरुपयोग आयोगलाई खबर गरिएको थियो ।  अख्तियारले बिहीवार बुद्ध शान्ति गाउँपालिकालाई पत्र लेख्दै उनलाई निलम्बन गरिएको जनाएको छ ।

वडाध्यक्ष ओलीले आफूसँग घुस मागेपछि अमरनाथ चौहानले आफूहरू खबर गरेको नेकपा झापाका नेता अर्जुन ‘सी’ले बताए । त्यसपछि उनलाई ८० हजार घुससहित पक्राउ गरेर अख्तियारमा बुझाइएको उनको भनाइ छ ।  

वडाध्यक्ष ओलीले डेढ लाख रुपैयाँ मागेको र अख्तियारमा बुझाउँदा सबै पैसा सरकारको खातामा जम्मा हुने भएपछि ८० हजार मात्रै दिन लगाएर पक्राउ गरिएको अर्जुनको भनाइ छ । 

अम्बरनाथ भारतको सिलगुडीमा बस्ने गर्थे । उनले  गाउँका पण्डित चतुर्भुज घिमिरेको नाममा जग्गा किन्न २३ लाख रुपैयाँ पठाइदिएका थिए । अम्बरनाथसँग नेपाली नागरिकता नभएपछि उनले चतुर्भुजलाई पैसा पठाइदिएका हुन् । जग्गाकै विषयलाई लिएर दुई जनाबीच विवाद भएपछि उनीहरू वडा कार्यालयसम्म पुगेका थिए । 

विवाद मिलाउन भनेर वडाध्यक्ष ओलीले पटक–पटक पैसा मागेपछि मंगलवार उनलाई पक्राउ गरी अख्तियारको जिम्मा लगाइएको हो । 

salt training

कमेन्ट गर्नुहोस्