२७ असार २०८३, शनिबार

ब्लू ब्वाइज युनियनले गर्‍यो जापानको ओसाकामा रहेको पशुपतिनाथ मन्दिरको सरसफाइ

असोज १०, २०८१
काठमाडौं
ब्लू ब्वाइज युनियनले गर्‍यो जापानको ओसाकामा रहेको पशुपतिनाथ मन्दिरको सरसफाइ

नेपाली युवाहरूको समूह 'ब्लू ब्वाइज युनियन'ले जापानको ओसाकामा रहेको मन्दिरको सरसफाइ गरेको छ ।

जापानको दोस्रो ठूलो शहर ओसाकास्थित चिरुमी रेउकुची पार्कमा रहेको पशुपतिनाथको मन्दिरमा सरसफाइ गरिएको हो ।

विगत लामो समयदेखि रेखदेखको अभावमा उक्त मन्दिर परिसरमा जम्मा भएको फोहोरको व्यवस्थापन गरिएको ब्लू ब्वाइज युनियनले जनाएको छ ।

उक्त समूहले यसअघि हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजलाई मध्य नजर गर्दै मन्दिरको आंशिक सरसफाइ गरेको थियो ।

अहिले आउँदै गरेको नेपालीहरूको महान चाड बडादशैंको अवसरमा मन्दिरको पूर्ण सरसफाइ गरिएको हो ।

null

सरसफाइका क्रममा जम्मा भएको एक ट्रकभन्दा बढी फोहोर ओसाका नगरपालिकाको वडा कार्यालयमार्फत व्यवस्थापन गरिएको ​छ ।​

लुम्बिनी शान्ति बगैँचाका रूपमा परिचित पार्क परिसरमा विभिन्न देशका धार्मिक कला कौसल भएका आ-आफ्नै धर्म संस्कृतिका मठ मन्दिर छन् ।

पार्क भित्र नेपालको प्राचीन कला कौसल र हिन्दू धर्मको आस्थाको केन्द्र भगवान पशुपतिनाथको मन्दिर रहको छ ।

मन्दिरसँगै सानो पर्यटकीय पोखरी रहेको छ ।

एक सयभन्दा बढी प्रजातिका बोट विरुवाहरूले सजिएको पार्कमा अन्य देशका मठ–मन्दिरहरू पनि छन् ।

null

अन्य देशका मन्दिरहरूको तुलनामा पशुपतिनाथको मन्दिर ठूलो र भव्य रहेको युनियनका एक सदस्य मोहन कुँवरले जानकारी दिए ।

सरसफाइ कार्यक्रममा स्पाई मार्ट ससुराली घरले खाजा र पानीको व्यवस्था गरेको थियो ।

जापानको ओसाकामा विभिन्न पेशा व्यवसायमा कार्यरत नेपाली युवाहरू उक्त युनियनमा आबद्ध छन् ।​

अहिले युनियनमा मोहन कुँवर, प्रदीपराज खड्का, रामशरण केसी, वासुदेव लामिछाने, प्रलाद इटानी, रामकुमार पाण्डे, नारायण बस्नेत, शेरबहादुर घले, मदन विश्वकर्मा, सन्तोष धिताल, रामशरण रोका, जेपी गौतम, रामकृष्ण केसीलगायतका युवाहरू सक्रिय छन् ।

नेपालीहरूको बाक्लो उपस्थिति रहेको ओसाकामा हाल १२ देखि १५ हजारको हाराहारीमा नेपालीहरू रहेका छन् ।

null

जापानी राजपरिवारका सदस्यको निमन्त्रणामा सन् १९९० मा राजा ५ वीरेन्द्र र रानी ऐश्वर्यले जापानको भ्रमण गरेका थिए ।

सोही भ्रमणका क्रममा अन्तर्राष्ट्रिय फूल र हरियाली संघ जापानले राजपरिवारको सम्मानमा नेपाली पेगोडा शैलीको वास्तुकला युक्त मन्दिर बनाएको थियो ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्