
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सुस्तामा निर्माण भएको झोलुङ्गे पुलले सर्वसाधारणको दैनिक गतिविधिमा परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन वृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन समारोहमा उनले सुस्ता झोलुङ्गे पुलले सर्वसाधारणको दैनिक जीवन सहज बनाउने बताए ।
नदी तरितराउको अभावमा वर्षौंदेखि सुस्ता गाउँका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुङ्गाका भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भई सहज हुने मन्त्री सिंहले बताए ।