
धादिङको गल्छीस्थित पृथ्वी राजमार्गमा पहिरोमा परेर एउटा कार पुरिएको छ ।
यद्यपि कारमा सवार चालक सहित चार जनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
ग.२ च ७८८५ नम्बरको कार सुख्खा पहिरो खसेर पुरिएको हो । घाइतेमध्ये दुई जनाको बैरेनी अस्पतालमा उपचार हुँदै छ भने अन्यको अवस्था सामान्य छ ।