
नारायणगढ–मुग्लिन खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किँदा १६ जना घाइते भएका छन् ।
गएराति मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो बस र विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर आपसमा ठोकिएका थिए ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरूको चितवनको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।
ट्याङकर चालक मकवानपुर राक्सिराङ गाउँपाकिलाका-१ का २९ वर्षीय पेमा लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।