२२ जेठ २०८३, शुक्रबार

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

असोज ११, २०८१
दाङ
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

निरन्तरको वर्षाले विभिन्न स्थानमा पहिरो खसेपछि राप्ती लोकमार्ग अवरुद्ध भएको छ ।

दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको छ ।

सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उनले बताइन् । 

केही स्थानमा पहिरो खसेको र केही स्थानमा सडक भासिएको सहायक प्रजिअ पुनको भनाइ छ ।

उनका अनुसार आजदेखि १३ असोजसम्म सडक मर्मत हुने भएकाले तत्काललाई ठूला सवारीसाधन, टिपर र ट्रक सञ्चालनमा रोक लगाइएको छ ।

साना सवारीसाधन पहिरो पन्छाएर सञ्चालनमा ल्याइने उनले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्