०५ साउन २०८३, मंगलबार

चौतर्फी विरोधका बाबजुद न्यायपरिषद्ले गर्‍यो सर्वोच्चमा २ न्यायाधीश सिफारिश

असोज ११, २०८१
काठमाडौं
चौतर्फी विरोधका बाबजुद न्यायपरिषद्ले गर्‍यो सर्वोच्चमा २ न्यायाधीश सिफारिश

चौतर्फी विरोधका बाबजुद न्यायपरिषद् बैठकले सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिश गरेको छ।

न्यायपरिषद् सचिवालय स्रोतका अनुसार उच्च अदालतका दुई जना मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिश गरिएको हो।

निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् भने पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन्।

न्यायाधीश पाण्डे रमेश लेखकका नातेदार हुन् ।

नेपाल बार एसोसिएसनले शुक्रबार न्याय परिषद् सचिवालय अगाडि विरोध प्रदर्शन गरिरहँदा समेत सचिवालयले न्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको हो। 

शुक्रबार सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिश गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा न्यायपरिषद् बैठक बसिरहँदा बाहिर नेपाल बार एसोसिएसनले विरोध प्रदर्शन गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्