२८ जेठ २०८३, बिहीबार

भरिन लाग्यो कुलेखानी ड्याम, सतर्क रहन आग्रह

असोज ११, २०८१
काठमाडौं
भरिन लाग्यो कुलेखानी ड्याम, सतर्क रहन आग्रह
फाइल तस्वीर

गृह मन्त्रालयले कुलेखानी बाँध भरिन लागेकाले सतर्क रहन स्थानीयलाई सूचित गरेको छ ।

मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव भीष्मकुमार भुसालले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै लगातार वर्षाका कारण कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने भन्दै बाँध तलका वासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।

कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएकाले सतर्क रहन आग्रह गरिएको उनले बताए ।

‘कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्नुहुन अनुरोध गरिन्,’ भुसालले लेखेका छन्, ‘सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनुरूप सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत अनुरोध छ।’​

यसैबीच मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले एक सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्